नेकपा एस नेपालमा समाजवादको कार्यक्रम अघि सार्ने पहिलो पार्टी होः अध्यक्ष नेपाल

Nagarik Sewa 4431+ समाचार ( )
२४ श्रावण २०८२, शुक्रबार

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा समाजवादको कार्यक्रम अघि सार्ने पहिलो पार्टी नेकपा (एकीकृत समाजवादी) भएको बताउनुभएको छ। शुक्रबार पार्टी निकट उद्योगी व्यवसायीहरूको अधिवेशनलाई सम्बोधन गर्दै नेपालले यस्तो बताउनुभएको हो।

‘कम्युनिस्ट पार्टीहरूमध्ये यो हाम्रो पार्टी पहिलो हो, जसले समाजवादको कार्यक्रम पारित गरेको छ’, अध्यक्ष नेपालले भन्नुभयो, ‘पहिलो महाधिवेशनबाट समाजवादको कार्यक्रम अघि सारेका छौँ ।’ उहाँले अरू पार्टीहरूलाई पनि समाजवादी क्रान्तिका लागि आउन आग्रह गर्नुभयो। निर्वाचन आयोगमा बुझाएको पार्टीको घोषणापत्रमै नेपाली समाजको वर्ग विश्लेषण गर्दै रणनीति,कार्यनीति तथा समाजवादी विचारलाई अगाडि सारिएको अध्यक्ष नेपालले बताउनुभयो। 

अध्यक्ष नेपालले आफ्नो पार्टीले नेपालको कम्युनिस्ट आन्दोलनलाई सकारात्मक र क्रान्तिकारी दिशामा अघि बढाउन खोजेको समेत बताउनुभयो। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार