मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

समाजवादी मोर्चाबाट अलग भए विप्लव

Nagarik Sewa 4519+ समाचार ( )
२७ कार्तिक २०८२, बुधवार

 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेका छन् । उनले बुधबार वक्तव्य जारी गरेर चार दलीय समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेका हुन् । जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको विप्लवको निष्कर्ष छ । ‘समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइसकेका छन् । यस्तो स्थितिमा आजकै स्वरुपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ,’ वक्तव्यमा भनिएको छ, ‘सोही निष्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौँ ।’

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा गरी चार पार्टी सहभागी भएर २०८० सालमा समाजवादी मोर्चाको निर्माण भएको थियो । राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रुपान्तरण र जनजिविकाको पक्ष वकालत गर्ने र भ्रष्टाचारविरुद्ध संघर्षको पहल गर्ने उद्देश्यले मोर्चा गठन भएको नेताहरूको भनाइ थियो । माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाले पार्टी एकता घोषणा गरेका छन् । विप्लव नेतृत्वको नेकपाबाट अलग भएको चिरन सी नेतृत्वको समूह पनि एकता प्रक्रियामा सहभागी छ ।

मोर्चाले केही महत्वपूर्ण कार्यक्रमहरू गरे पनि समयको मागअनुसार रफ्तारमा कामहरू अघि बढाउन सम्भव नभएको विप्लवको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै