अध्यक्ष नेपालद्वारा जनताको आधारभूत अधिकार तथा आवश्यकतालाई सुनिश्चित गर्ने प्रतिबद्धता

Nagarik Sewa 4180+ समाचार ( )
९ भाद्र २०८२, सोमबार

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने, लोकतान्त्रिक अभ्यासलाई सबल पार्ने र जनताको आधारभूत अधिकार तथा आवश्यकतालाई सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।  

पार्टी गठनको चार वर्ष पूरा भएको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले विश्व कम्युनिस्ट आन्दोलनको मूल उद्देश्य मजदुर, किसान तथा उत्पीडित वर्गलाई सामन्तवाद, पुँजीवाद र साम्राज्यवादविरुद्ध एकजुट गर्दै वर्गविहीन समाज, न्याय, समानता र शोषणमुक्त समाजवादी व्यवस्था स्थापना गर्नु रहेको पनि बताउनुभएको हो । 

‘पुनर्गठन दिवसको अवसरमा हामी यी सबै उद्देश्य र ऐतिहासिक यात्रालाई स्मरण गर्दै राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने, लोकतान्त्रिक अभ्यासलाई सबल पार्ने र जनताको आधारभूत अधिकार तथा आवश्यकतालाई सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’, अध्यक्ष नेपालको भनाइ छ । उहाँले नेपालको कम्युनिस्ट आन्दोलनले जन्मैदेखि सामन्तवाद, साम्राज्यवाद र निरङ्कुश शासनविरुद्ध सङ्घर्ष गर्दै राष्ट्रिय स्वतन्त्रता, लोकतान्त्रिक अधिकार र जनजीविकाको प्रश्नलाई प्रमुख एजेन्डा बनाउँदै आएको स्मरण गर्नुभयो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार