काठमाडौं पिंककेयरथन २०२६ को तयारी पूरा

Nagarik Sewa 4689+ समाचार ( )
२९ फाल्गुन २०८२, शुक्रबार

काठमाडौं l लेजरपोर्ट नेपालको आयोजनामा काठमाडौं पिंककेयरथन २०२६ फागुन ३० गते शनिबार जावलाखेल फुटबल ग्राउण्डमा आयोजना हुने भएको छ। कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

महिलाहरूलाई आफ्नो स्वास्थ्य र जीवनशैलीप्रति सचेत बनाउन तथा फिटनेसप्रति प्रेरित गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यक्रममा विभिन्न गतिविधिहरू समावेश गरिएका छन्। बिहान ६ बजेदेखि जुम्बा सत्रबाट कार्यक्रम सुरु हुने छ भने त्यसपछि म्याराथन प्रतियोगिता सञ्चालन गरिनेछ।

आयोजक लेजरपोर्ट नेपालका अध्यक्ष नमराज जोशिका अनुसार प्रतियोगितामा २१।१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटर दौड साथै ५ किलोमिटर र ३ किलोमिटर फन रन समावेश गरिएको छ।

यस वर्ष ओलम्पियन धाविका संतोसी श्रेष्ठ २१ किलोमिटर हाफ म्याराथनमा सहभागी हुने भएकी छन्। साथै अन्य व्यावसायिक धावकहरू पनि प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ।

हाफ म्याराथनतर्फका विजेताहरूलाई क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने १० किलोमिटर दौडका विजेताहरूलाई ३१ हजार, २१ हजार र ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। अन्य विभिन्न विधामा पनि नगदसहित पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा मुम्बईबाट आएका गायक जनिष्ट जोशि सांगीतिक प्रस्तुति दिनेछन्।अध्यक्ष अध्यक्ष नमराज जोशिका अनुसार सन् २०१७ देखि सञ्चालन हुँदै आएको यस कार्यक्रममा यस वर्ष करिब एक हजार पाँचसय भन्दा बढी सहभागी रहने अपेक्षा गरिएको छ। कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार