मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

देउवा पक्षले दियो पार्टी विभाजनको चेतावनी

Nagarik Sewa 5112+ समाचार ( )
६ वैशाख २०८३, आइतबार

काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले १५ औँ महाधिवेशनको मिति समायोजन नभए पार्टी विभाजनतर्फ जाने  चेतावनी दिएको छ ।

सर्वोच्च अदालतले सभापति गगन थापा नेतृत्वको कांग्रेसलाई वैधानिकता दिएसँगै देउवा पक्षको दोस्रो बैठक बसेको हो । यसअघि शनिबार बसेको बैठकले सर्वोच्चको फैसला मान्दै पार्टी एकताका लागि बृहत् परामर्श गर्ने निर्णय गरेको थियो ।

आइतबारको बैठकले भने एकताको सम्पूर्ण जिम्मेवारी सभापति थापाको रहेको निष्कर्ष निकालेको छ । आफूहरुको समेत एकतामा भूमिका हुने भन्दै त्यसका लागि निवर्तमान केन्द्रीय सदस्य, निवर्तमान पदाधिकारी र अन्य समितिमा रहेकाहरूसँग छलफल गर्ने निर्णय भएको नेता मीन विश्वकर्माले बताए ।

एकताका लागि महाधिवेशनको मिति समायोजन हुनैपर्ने अडान देउवा पक्षले लिएको छ । ''वैशाख अन्तिममा महाधिवेशन मिति घोषणा भएको थियो । विशेष महाधिवेशनबाट चयन भएको समितिले असोजमा मिति घोषणा गरेको छ । मिति समायोजन नभए दुई महाधिवेशनको जोखिम छ । यसले पार्टीलाई विभाजन गराउँछ,'' नेता विश्वकर्माले भने । 

दुई महाधिवेशनको अवस्था आउन नदिन पार्टीमा छलफलको पहल सभापति थापाले लिनुपर्ने उनले बताए । यस्तै,  सर्वोच्च अदालतको फैसलाबारे पुनरावलोकनमा जाने पक्षमा आफूहरूको रहेको उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार