नेपाल कुवेतसँग टी २० विश्वकप छनोटको पहिलो खेल खेल्दै

Nagarik Sewa 4431+ समाचार ( )
२२ अशोज २०८२, बुधवार

काठमाडौं। ओमानमा आजदेखि सुरु हुने आईसीसी टी २० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक रिजनल फाइनलको आफ्नो पहिलो खेलमा नेपालले कुवेतसँग खेल्दैछ । नेपालले पहिलो चरणमा जापान र कुवेतसँग खेल्दैछ । 

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बजेदेखि सुरु हुनेछ। टी २०आई क्रिकेटमा हालसम्म नेपाल र कुवेत ३ पटक भेट भएका छन्। जहाँ नेपालले २ खेल जित्दा कुवेतले १ खेल जितेको छ।

पछिल्लोपटक नेपाल र कुवेत यसै वर्ष अप्रिलमा हङकङमा भएको चारदेशीय शृंखलामा दुईपटक भिडेका थिए। लिग चरणमा नेपालले कुवेतलाई हराउँदा फाइनलमा भने कुवेतले नेपाललाई हराएको थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार