काठमाडौंं । नेपाली बजारमा बिहीबार (फागुन १४) सुनको सामान्य बढेको छ । यस दिन सुन तोलामा ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य तीन लाख १५ हजार ४०० रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन तीन लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर तोलाको पाँच हजार ७२५ कायम भएको छ । अघिल्लो दिन पाँच हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।