कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सर्यो

Nagarik Sewa 3502+ समाचार ( )
५ मंगशिर २०८२, बिहीबार

काठमाडौं। गत बिहीबारबाट सूचना टाँसेर तीन पटक सारिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सूचना टाँसेर सारिएको हो। पार्टी केन्द्रीय कार्यालयका मूख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार सूचना जारी गर्दै शनिबार दिउँसो एक बजेसम्मका लागि सारिएको जानकारी दिएका छन् । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । 

उक्त बैठक २०८२ मंसिर ६ गते शनिबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गत बिहीबारसम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यले धारणा राख्ने क्रम सकिएको थियो । त्यसपछि महाधिवेशन कहिले गर्ने भन्ने विवाद निराकरणका लागि अनौपचारिक छलफल गरी सहमतिको प्रयास गर्ने भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार रोकेर शनिबार दिउँसो २ बजेका लागि बैठक बोलाए । त्यो समयमा भएका आन्तरिक प्रयासमा कुरा नमिलेपछि सोमबार दिउँसो २ बजेसम्मका लागि सारियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार