रामकुमारी झाँक्रीद्वारा एकीकृत समाजवादी पार्टीसँगको अध्याय समाप्त भएको घोषणा

Nagarik Sewa 4689+ समाचार ( )
२० कार्तिक २०८२, बुधवार

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले बुधबार बसेरा होटलमा पत्रकार सम्मेलन गरेर पार्टीसँगको अध्याय समाप्त भएको घोषणा गरेकी छन्। उनले अब सयौँ दोकानभन्दा एउटा वस्तुनिष्ठ लोकतान्त्रिक पार्टीको आवश्यकता रहेको बताइन् ।

“अब पार्टी निर्माणको प्रक्रिया पहिलो रहेछ । वामपन्थी, कम्युनिस्ट पार्टी,” उनले भनिन्। उनले माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकताले वामपन्थी आन्दोलन कमजोर हुने पनि बताइन् ।

“यसले वृहत्तर वामपन्थी एकता र प्रगतिशील आन्दोलनलाई कमजोर पार्ने निश्चित छ । त्यहाँ त ओत लाउने काममात्रै कुरा भएको छ । आफ्नो सुरक्षाका लागि सौदाबाजी भइरहेको छ,” उनले भनिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार