काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाउनुभएको छ। प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गरेको कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो।
उहाँका अनुसार पछिल्ला राजनीतिक घटनाक्रमसँगै संसद् र सरकार सञ्चालनका विषयहरूमा छलफल गर्न बैठक बोलाइएको हो।