काठमाडौं। शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने लगायतका माग राखेर नेपाल कमर्स क्याम्पस नेविसंघको आयोजनामा विरोधमा उत्रिएका १० जना कार्यकर्ताहरु बानेश्वरबाट पक्राउ परेका छन् । नेविसंघको प्रदर्शनमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ गरिएको हो ।
उनीहरु विद्यार्थीको प्रतिनिधित्व बिना सिनेट बैठक मान्य नहुने र शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राख्दै विभिन्न क्याम्पस कमिटीहरुले विरोध प्रदर्शन गरिरहेका छन् । अहिले मीनभवन क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसअघि कोटेश्वरमा टायर बालेर सडक अवरुद्ध गर्न खोजेपछि ४ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।