मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

टप एन्ड ट्वान्टी–२० शृङ्खलामा नेपालको पहिलो जित

Nagarik Sewa 4670+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

काठमाडौं। अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलामा नेपालले आफ्नो चौथो खेलमा पहिलो जित निकालेको छ । खेलमा नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको हो । 

अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८० रनको योगफल बनाएको थियो ।

जितका लागि १८१ रनको लक्ष्य पछ्याएको होबार्ट हरिकेन्सले १६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ११४ रन मात्र बनायो । नेपाललाई विजयी दिलाउने क्रममा नन्दन यादव एक्लैले पाँच विकेट लिए । यस्तै कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल र रिजन ढकालले एक एक विकेट लिए । होबार्ट हरिकेन्सका लागि ब्याटिङ गर्ने क्रममा ब्राड्ली होपले ३१ तथा चार्ली वाकिमले  २८ रन बनाए । 

यसअघि होबार्ट हरिकेन्सविरुद्ध १८० रन बनाउने क्रममा नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रनको योगदान दिए । उनले २६ बलमा तीन चौका प्रहार गरे । त्यसैगरी आसिफ शेखले २८ बलमा दुई चौका प्रहार गर्दै २९ रन जोडे । लोकेश बमले अविजित २५ रन, कुशल भुर्तेलले २७, भीम सार्कीले १८ तथा कप्तान रोहितकुमार पौडेलले ९ रन जोडे । 

बलिङतर्फ होबर्टका निवेथन राधाकृष्णन र राफ म्याकमिलनले दुई(दुई तथा मार्कस बेन, गाबे बेल र ब्राडली होपले एक एक विकेट लिए । नेपाल यसअघि खेलेका तीनवटै खेलमा पराजित भएको थियो । नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन, बङ्गलादेश ‘ए’सँग ३२ तथा मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो । नेपालले अब बुधबार मेलवर्न रेनेगेड्ससँग तथा शुक्रबार पाकिस्तान शाहिन्ससित खेल्ने छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार