काठमाडौं। काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि र शान्तिनगर क्षेत्रमा आकाशे पुल निर्माणको काम अघि बढेको छ। पैदल यात्रुको सुरक्षित र सहज आवागमनका लागि आकाशे पुल बनाउन लागिएको हो ।
भौतिक पूर्वाधार मन्त्रालयले सवारीसाधन र पैदल यात्रुको अत्यधिक चाप रहने दुई ठाउँमा आकाशे पुल निर्माण गर्न बजेट छुट्टाएको छ। मन्त्रालयले रणनीतिक सडक पुल निर्माण अन्तर्गत बबरमहलमा आकाशे पुल निर्माण गर्न २ करोड ५० लाख रुपैयाँ बजेट छुट्टाएको छ भने मीनभवनमा आकाशे पुल निर्माणका लागि ४ करोड रुपैयाँ छुट्टाएको छ ।