प्रधानमन्त्री कार्कीद्वारा मन्त्रीहरूसहितको बैठक आह्वान

Nagarik Sewa 4856+ समाचार ( )
५ माघ २०८२, आइतबार

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा आसन्न निर्वाचन, निर्वाचन आचारसंहिता लगायतका समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहितको बैठक बोलाउनुभएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सरोकारवालाबीच विचार–विमर्श गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। 

चुनावका लागि प्रत्यक्षतर्फ मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ। तर राजनीतिक दलहरूले उम्मेदवारी चयनका लागि आन्तरिक व्यवस्थापन गर्न समस्या परेपछि केही दिन मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरिरहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै