नेपाल कुवेतसँग ३ रनले पराजित

Nagarik Sewa 4426+ समाचार ( )
३० चैत्र २०८१, आइतबार

काठमाडौं। चार देशीय टी २० सिरिजको उपाधि भिडन्तमा नेपाल ३ रनले नेपाल पराजित हुँदा उपाधि कुवेतको पोल्टामा गएको छ । हङकङमा जारी चारदेशीय टी २० आई शृङ्खलाअन्तर्गत फाइनल खेलमा कवेतले दिएको १७५ रनको बलियो लक्ष्य पछ्याएको नेपालले सुरूवाती खराब ब्याटिङ गर्दै उपाधि गुमाउन पुगेको हो । 

कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन मात्रै बनाउन सफल भयो । नेपालका बसिर अहमद र नन्दन यादवबाहेक अरु कसैले गतिलो प्रदर्शन गर्न सकेनन्। बसिरले सर्वाधिक ८० रन बनाए पनि जित दिलाउन सकेनन् । ४३ बल खेलेका उनले आठ चौका र चार छक्का हाने ।

नन्दनले १४ बलमा दुई चौका र चार छक्कासहित ३७ रन बनाए । यस प्रदर्शनबाट नेपाल उपाधिजिक थियो। तर, अन्तिम तीन बलमा तीन रन चाहिँदा क्लिन्टो एन्टोबाट बसिर क्याच भएसँगै उपाधि गुम्यो । कुवेतले यसअघि नेपालसामु जितका लागि एक सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७४ रन बनाएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार