मुख्य समाचार
ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव |

सांसदहरूद्वारा शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाउन माग

Nagarik Sewa 4674+ समाचार ( )
१५ वैशाख २०८२, सोमबार

काठमाडौं। सोमबार प्रतिनिधिसभामा आकस्मिक र शून्य समयमा बोल्दै सांसदहरूले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाउन माग गरेका छन्। सांसदहरूले शिक्षकको आन्दोलन लम्बिँदा विद्यार्थीहरूको भविष्य अन्योलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन्।

शिक्षक आन्दोलनको माग सम्बोधन गर्नतर्फ सरकार अग्रसर हुनुपर्ने उनीहरूको आग्रह छ । साथै शिक्षकको माग सम्बोधन र शिक्षा ऐन निर्माणको विषयमा शिक्षामन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने उनीहरूको माग छ। 

कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले लोकतान्त्रिक सरकारले आन्दोलनरत पक्षमाथि दमन नभएर उनीहरूको माग सम्बोधनमा ख्याल गर्नुपर्ने बताउनुभयो।नेकपा एमालेका सांसद सूर्य थापाले संयमित भएर आन्दोलन गर्न शिक्षकहरूको ध्यानाकर्षण आग्रह गर्नुभयो । शिक्षकसँग विभिन्न सहमति गरेर कार्यान्वयन नगर्ने प्रवृत्तिले अहिलेको समस्या निम्तिएको भनेर सरकारको ध्यानाकर्षण गर्नुभयो। माओवादी सांसद देवेन्द्र दाहालले शिक्षकलाई सम्मान गर्नुपर्नेमा सरकारले दमन गरिरहेको भनेर विरोध गर्नुभयो। सरकार गम्भीर हुँदा शिक्षा ऐन बनाउन समय नलाग्ने भन्दै सकारात्मक वातावरणका लागि आग्रह गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले शिक्षकहरूको माग पूरा नहुनुमा पछिल्ला तीन सरकार जिम्मेवार रहेको बताउनुभयो । ‘पछिल्ला तीन वटा सरकारले पटक–पटक गरेका सरकारले गरेका सम्झौता कार्यान्वयन गर्ने र धोका दिने गर्दा समस्या भएको हो,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार