परिवारले आस मारेको अवस्थामा मृत्युको प्रमाणपत्र पाउनुपर्छ : रास्वपा

Nagarik Sewa 4856+ समाचार ( )
परिवारले आस मारेको अवस्थामा मृत्युको प्रमाणपत्र पाउनुपर्छ : रास्वपा
४ अशोज २०८३, आइतबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोसी बाढीपछिको उद्धार, राहत र पुनर्स्थापनामा कुनै कमजोरी नगर्न सरकारलाई आग्रह गरेको छ । आइतबार (असोज ४) वनस्थलीमा बसेको पार्टी सचिवालय बैठकबाट करिब पाँच हजारजना बेपत्ताका परिवारले मृत्युको प्रमाणपत्र पाउनका निम्ति कानुनमा सुधार गर्न सुझाव पनि दिइएको छ । परिवारले आस मारेको अवस्थामा मृत्युको प्रमाण पत्र दिने गरी कानुन सुधार गर्नुपर्ने सुझाव बैठकबाट दिइएको रास्वपा प्रवक्ता जगदीश खरेलले बताए ।

“बैठकले अब कुनै पनि कमजोरी नहोस् भन्ने सरकारलाई आग्रह गरेको छ । पहिचान हुन नसकेका शवको डीएनए छिटोभन्दा छिटो हुनुपर्‍यो,” उनले सञ्चारकर्मीसँग भने, “पाँच हजार बढी बेपत्ताको हकमा मृत्यु भएको हो/होइन यसको छिनोफानो चाँडो हुनुपर्‍यो । राज्यका तर्फबाट चाँडो कानुनी सुधार गरी परिवारले आस मारेको अवस्थामा प्रमाणपत्र पाउने अवस्था बन्नुपर्‍यो ।”

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार