काठमाडौं । पछिल्ला वर्षमा स्टिल उद्योगको आम्दानी लगातार घट्दो रहेको छ। नेपालमा स्टिल उद्योग बढ्ने तर पूर्वाधार निर्माण नबढ्दा अधिकांश कम्पनीको आम्दानी अर्बमा घटेको छ।
नेपालका रेटिङ एजेन्सिज् केयर रेटिङ, आइक्रा र इन्फोमेरिसको तथ्यांकले पूर्वाधार निर्माण क्षेत्र सुस्त रहेको उल्लेख गरेका छन्। डन्डीमा प्रयोग हुने कच्चा पदार्थ डलरमा आयात गर्नुपर्ने हुन्छ।
पछिल्ला वर्ष डलरको मूल्य बढेकाले आयातित समानको पनि मूल्य बढेको छ। चालु आर्थिक वर्षमा बैंकको ब्याजदर घटेपनि अघिल्ला २ वर्ष उच्च पुगेको थियो। यसले बजारमा माग बढ्न नसकेको तथा कम्पनीको नाफा घटेको रेटिङ एजेन्सिज्को विष्लेषण छ।
राष्ट्रिय तथ्यांक कार्यालयले गत आर्थिक वर्ष नेपालको निर्माण क्षेत्रको वृद्धिदर ऋणात्मक रहेको उल्लेख गरेको थियो। त्यसको असर सिमेन्ट र डन्डी उद्योगमा देखिन्छ। एकै वर्ष उद्योगको आम्दानी २ अर्ब बढीले घटेको छ। विभिन्न ९ उद्योगको तथ्यांक हेर्दा अधिकांश कम्पनीले उत्पादन क्षमताको आधा मात्रै उत्पादन गरिरहेका छन्।
नेपालका अधिकांश व्यवसायिक घरानाले सिमेन्ट र डन्डी उद्योगमा लगानी गरिरहेका छन्।