अभद्र कमेन्ट गर्नेहरू विरूद्ध साइबर पुगिन् ब्युरो गायिका एलिना चौहान

Nagarik Sewa 4689+ समाचार ( )
१६ असार २०८२, सोमबार

काठमाडौं ।  निजी जीवनका कुरालाई लिएर सामाजिक सञ्जालमा अभद्र कमेन्ट गर्नेहरूविरूद्ध गायिका एलिना चौहान नेपाल प्रहरीको साइबर ब्युरो पुगेकी छन्। उनले सोमबार साइबर ब्युरो पुगेर सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने चार जनाविरूद्ध उजुरी दिएकी छन्। 

अमर्यादित कमेन्ट गर्नेलाई कानुनी कारबाहीको माग गर्दै निवेदन दिएको ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले बताए। 

निवेदन आएसँगै ब्युरोले त्यसमाथि अनुसन्धान सुरू गरेको छ। गायिका एलिनाले लगातार अमर्यादित कमेन्ट गर्नेविरूद्ध साइबर ब्युरो पुगेको बताइन्। 'अति नै भएपछि आज चार जनाविरूद्ध उजुरी दिएकी छु,' उनले भनिन्।

अभद्र कमेन्ट गर्ने बाँकी प्रयोगकर्तालाई पनि क्रमशः जाहेरी दिँदै जाने उनले बताइन्।  एलिना र अर्की गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अमर्यादित कमेन्ट गर्ने प्रयोगकर्ताहरूको ‘फेसबुक प्रोफाइल’ सामाजिक सञ्जालबाटै सार्वजनिक गरिरहेका छन्। यो अभियानसँगै अहिले अमर्यादित कमेन्ट आउने क्रम कम भएको एलिनाले बताइन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार