मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

मानव–हात्ती द्वन्द्वलाई नियन्त्रण गर्न जन्म नियन्त्रण खोप

Nagarik Sewa 5112+ समाचार ( )
१ फाल्गुन २०८२, शुक्रबार

काठमाडौं। खेतीयोग्य जमिन विस्तार र वन क्षेत्र सङ्कुचनसँगै बढ्दै गएको मानव–हात्ती द्वन्द्वलाई नियन्त्रण गर्न थाइल्यान्डले जङ्गली हात्तीमा जन्म नियन्त्रण खोप प्रयोग गर्न सुरु गरेको छ। अधिकारीहरूका अनुसार आवासीय क्षेत्र नजिक हात्तीको तीव्र बढ्दो सङ्ख्याले जनधनमा जोखिम बढाएपछि यो कार्यक्रम अघि बढाइएको हो।

आधिकारिक तथ्याङ्कले गत वर्ष जङ्गली हात्तीको आक्रमणबाट ३० जनाको मृत्यु र २९ जना घाइते भएको देखाएको छ। साथै बाली नोक्सानीका दुई हजारभन्दा बढी घटना दर्ता भएका छन्। वन फँडानी र खेती विस्तारका कारण हात्तीहरू आफ्नो प्राकृतिक बासस्थानबाट बाहिरिन बाध्य हुँदा द्वन्द्व चर्किएको जनाइएको छ।

वन्यजन्तु संरक्षण विभागका निर्देशक सुखी बुनसाङले आवासीय क्षेत्र आसपास बसोबास गर्ने हात्तीहरूको सङ्ख्या तीव्र रूपमा बढेकाले नियन्त्रण अपरिहार्य बनेको बताए। विभागले अमेरिकामा निर्मित २५ खुराक खोप प्राप्त गरेको र दुई वर्षसम्म सात घरपालुवा हात्तीमा परीक्षण गरिएको जानकारी दिए । सात खुराक प्रयोग गरिएको र उक्त परीक्षणले सकारात्मक नतिजा दिएको उनले बताए। उनका अनुसार खोपले पोथी हात्तीमा डिम्बस्फोटन रोकेर होइन, निषेचन प्रक्रिया अवरुद्ध गरेर गर्भधारण रोक्छ।

गत जनवरीको अन्त्यमा पूर्वी ट्राट प्रान्तमा तीन जङ्गली हात्तीलाई खोप दिइएको थियो। बाँकी १५ खुराक प्रयोग गर्ने तयारी भइरहेको र कुन क्षेत्रलाई प्राथमिकता दिने भन्ने विषयमा अध्ययन भइरहेको उनले उल्लेख गरे। खोपले सात वर्षसम्म गर्भधारण रोक्ने र त्यसपछि बुस्टर नदिए पुनः प्रजनन सम्भव हुने बताइएको छ । खोप लगाइएका हात्तीहरूलाई सो अवधिभर नजिकबाट निगरानी गरिनेछ।

तर कार्यक्रमले संरक्षण पक्षबाट आलोचना पनि खेपिरहेको। थाइल्यान्डमा हात्ती खेती र यातायातमा प्रयोग गर्ने शताब्दीयौँ पुरानो परम्परा छ र हात्ती राष्ट्रको प्रतीकका रूपमा मानिन्। सुखीले भने यो योजना हिंसात्मक द्वन्द्व बढी देखिएका क्षेत्रका जङ्गली हात्तीमा मात्र सीमित रहेको स्पष्ट पारे । ती क्षेत्रमा वार्षिक जन्मदर ८।२ प्रतिशत रहेको। यो राष्ट्रिय औसत ३.५ प्रतिशतभन्दा दोब्बरभन्दा बढी हो। करिब चार हजार ४०० जङ्गली हात्तीमध्ये लगभग ८०० यिनै द्वन्द्वग्रस्त क्षेत्रमा बसोबास गर्ने बताइएको छ।

“यदि समयमै हस्तक्षेप गरिएन भने स्थानीय बासिन्दामाथि पर्ने असर असहनीय हुन सक्छ”, उनले चेतावनी दिए। खोप अभियानसँगै जङ्गलभित्र थप पानी र खाद्य स्रोत सिर्जना गर्ने, सुरक्षात्मक बार लगाउने तथा आवासीय क्षेत्रमा भट्किएका हात्तीलाई मार्गनिर्देशन गर्न रेन्जर्स परिचालन गर्ने जस्ता उपाय पनि लागू गरिएको छ।

यसै महिनाको सुरुमा उत्तरपूर्वी खोन केन प्रान्तमा बारम्बार झडपमा संलग्न जङ्गली हात्ती स्थानान्तरण गर्ने क्रममा एक हात्तीको मृत्यु भएपछि सार्वजनिक आलोचना बढेको थियो। प्रारम्भिक शवपरीक्षणले श्वासप्रश्वास रोकिएर मृत्यु भएको देखाएको अधिकारीहरूले बताएका छन्।

राष्ट्रिय निकुञ्ज, वन्यजन्तु तथा वनस्पति संरक्षण विभागका महानिर्देशक अथापोल चारोएनसुन्साले घटनाप्रति खेद व्यक्त गर्दै निर्धारित प्रोटोकल पालना गरिएको दाबी गर्नुभयो। यस्ता घटना पुनः नदोहोरियोस् भनेर अनुसन्धान जारी रहेको उनले जानकारी दिए।रासस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै