नेप्से परिसुचकमा गिरावट

Nagarik Sewa 4819+ समाचार ( )
२५ भाद्र २०८३, बिहीबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से १३.८५ अंकले घटेको छ । बिहीबार बजार घटेर २५३१.५५ विन्दुमा आइपुगेको छ । यस दिन चार अर्ब ९ लाखबराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । 

आज ६८ कम्पनीको मूल्य बढेको छ । १९९ कम्पनीको मूल्य घट्दा ११ वटाको स्थिर रह्यो । लिबर्टी इनर्जीको सेयरमा सकारात्मक सर्किट लाग्यो । डोल्टी पावर, अपर लोहरे खोला हाइड्रो, इमर्जिङ नेपाल लिमिटेड र शिवश्री हाइड्रोको सेयर सर्वाधिक  बढेको छ ।

सिन्धु विकास बैंकको सेयर भने सर्वाधिक घटेको छ । यो कम्पनीको मूल्य १४.९८ प्रतिशतले घटेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार