इलेक्ट्रिक भेइकल बसमा आगलागी

Nagarik Sewa 4435+ समाचार ( )
२२ फाल्गुन २०८१, बिहीबार

काठमाडौं । धुम्बाराहीमा ३-०५-००५ ख ९६९३ नम्बरको इभी (इलेक्ट्रिक भेइकल) बसमा आगलागी भएको छ ।

चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बुधबार आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । 

आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो । बसमा रातिमा  चार्ज गर्ने क्रममा आगलागी भएको हो । त्यसैले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै