मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

सुन्दर प्लाइउड सेन्टरका सञ्चालक आकाश अग्रहरीविरुद्ध मुद्दा दायर

Nagarik Sewa 5112+ समाचार ( )
१६ जेठ २०८२, बिहीबार

बुटवल । राजस्व अनुसन्धान विभागले भैरहवाको सुन्दर प्लाइउड सेन्टरका सञ्चालक आकाश अग्रहरीविरुद्ध मुद्दा दायर गरेको छ । राजस्व छली, चोरी पैठारी अभियोगमा बिगो र जरिवानासहित एक करोड बढी रकम असुल र सजाय माग गर्दै मुद्दा दायर भएको हो ।

राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत सुन्दर प्लाइउड सेन्टरका सञ्चालक आकाश अग्रहरीविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २० (६) बमोजिम मुद्दा दायर गरिएको हो । सिद्धार्थनगर नगरपालिका, वडा नं ८ लुम्बिनी गेटस्थित सुन्दर प्लाइउड सेन्टरका सञ्चालक अग्रहरीले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी दफा ४ को खण्ड क, ख, छ र झ बमोजिम कसूर गरेको पुष्टि हुन आएको दाबी छ ।

विभागका अनुसार भन्सार चोरी पैठारीतर्फको अधिक मौज्दातको बिगो तीन लाख २५ हजार ८०७ रुपैयाँ, मूल्यअभिवृद्धि करतर्फको न्यून मौज्दातको बिगो १५ लाख ६९ हजार २३६ रुपैयाँ र आय करतर्फको बिगो ३१ लाख ८० हजार ३२५ रुपैयाँ गरी कुल ५३ लाख २७ हजार ६८६ रुपैयाँ बिगो कायम गरिएको हो ।

कायम भएको बिगो असुल उपर गरी बिगोको शतप्रतिशत जरिवाना गरी कुल एक करोड ६ लाख ५५ हजार २९२ रुपैयाँ असुल उपर गर्न तथा ऐनको दफा २३ (१) (ख) वमोजिम कैद सजाय मागदाबी गरेर उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार