रास्वपाले भोटेकोसी बाढीपीडितलाई ५० लाख सहयोग गर्ने

Nagarik Sewa 4799+ समाचार ( )
१८ भाद्र २०८३, बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढीपीडितहरूका लागि ५० लाख सहयोग गर्ने निर्णय गरेको छ । विपद्‌मा मियो बनेर सरकारलाई सघाउने निर्णय गरेको हो । “विपद्‌मा पार्टीको सम्पूर्ण संरचनाको तर्फबाट पहिलो चरणमा ५० लाख सहयोग गर्ने,” निर्णय सुनाउँदै महामन्त्री विपिन आचार्यले भने, “पार्टीका सबै संरचनाका साथीहरूलाई समन्वय गरेर एकीकृत रूपमा मात्र राहत र उद्धारमा संलग्न गराउने, पार्टीको संरचना सरकारसँगै जोडिएर काम गर्ने ।” 

उनले राहत र उद्धारका काम राज्यको संरचनाबाटै एकद्वार प्रणालीमा गर्ने पनि निर्णय गरेको बताए । त्यसबाहेक रास्वपाले राहत, उद्धार र पुनर्स्थापनासहित सहयोग जुटाउन मियो बनेर काम गर्ने निर्णय गरेको छ ।

“विपद् हुने बित्तिकै सरकारले तदारूकता देखाएको छ । यसका लागि स्वागत गर्दै रास्वपाले मियो बनेर समन्वय गर्ने र विपद्‌बाट बाहिर निकाल्न ऐक्यबद्धता कायम गर्ने,” निर्णय सुनाउँदै महामन्त्री आचार्यले भने ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै