साहमाथि धारिलो हतियारले आक्रमण

Nagarik Sewa 4487+ समाचार ( )
१० जेठ २०८३, आइतबार

काठमाडौं। काठमाडौं महानगरपालिका–३२ नरेफाँटमा आज दिउँसो १८ वर्षीय करणकुमार साहमाथि धारिलो हतियारले आक्रमण भएको छ। आक्रमणबाट उनको हात, ढाड, घाँटी र टाउकोमा चोट लागेर घाइते भएका छन् । 

उनले अभिषेक यादव, धनराज यादवसहित ५–६ जनाविरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरमा ज्यान मार्ने उद्योग र डाँका सम्बन्धी उजुरी दिएका छन्। प्रहरीका अनुसार आक्रमणमा संलग्न भनिएका व्यक्तिहरू करणकुमारका मामा–भान्जा नाताका हुन्। यसअघि भएको विवादको बदला स्वरूप आक्रमण भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। फरार रहेका अभियुक्तहरूको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै