मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

५८.६३ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4697+ समाचार ( )
७ अशोज २०८२, मङ्गलबार

काठमाडौं। मंगलबार सेयर बजार परिसूचक नेप्से ५८.६३ अंकले बढेर २६८२.२५ को विन्दुमा कायम भएको छ । नेप्सेमा आज ३२८ कम्पनीको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक ३८ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, युनिभर्सल पावरको १८ करोड ३० लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको १८ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सप्तकोशी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, ग्रिन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भुगोल इनर्जी र एशियन हाइड्रोका लगानीकर्ताले ९।९९ प्रतिशतका दरले कमाए। प्रभु स्मार्ट फन्डका इकाईधनीले आज सर्वाधिक ४ प्रतिशतका दरले गुमाएका छन् ।

आज नेप्सेमा कारोबार भएका कम्पनीहरुमध्ये २३८ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार