काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी नदीमा आएको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । सोमबार (भदौ २२) नुवाकोट पुगेर राष्ट्रपति पौडेलले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् । राष्ट्रपतिको सचिवालयका अनुसार बाढी प्रभावित क्षेत्र पुगेर पौडेलले खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन एवं पुनर्स्थापनालगायत विषयमा जानकारी लिएका छन् ।
राष्ट्रपति पौडेलले अवलोकनका क्रममा नुवाकोटको विदुरस्थित श्री नं १ सैन्य तालिम केन्द्रमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरू र अन्य सरोकारवालासँग जानकारी लिएका थिए । नुवाकोटको स्थलगत अवलोकन र जानकारी लिएपछि राष्ट्रपति पौडेल रसुवाका बाढीपीडितका समस्याच बुझ्न त्यसतर्फ लागेका छन् ।