मुख्य समाचार
पुँजीवादी व्यवस्थालाई बदल्नुपर्नेमा अध्यक्ष नेपालको जोड | प्रतिनिधिसभाले प्रतिस्थापन विधेयकलाई सदनमा नै छलफल गरेर अगाडि बढाउने | समाजवादी मोर्चा माओवादीलाई सरकारमा जान बनाइएको टेको नभएको प्रचण्डको दाबी | पेट्रोलियम पदार्थको मूल्यमा गिरावट | बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको झलनाथ खनालको दाबी | कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लागेको महासचिव चन्दको भनाई | उमन्स डे कप टी २० श्रृंखलामा नेपालले हङकङलाई हरायो | नेकपा एसको आन्दोलनको कार्यक्रम सार्वजनिक | तोलामा ४ हजारले बढ्यो सुनको मूल्य | वैदेशिक शिक्षा तथा भाषा परीक्षाका अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५०% छुट |

च्याम्पियन्स लिग फुटबलमा आज चार खेल

Nagarik Sewa 1242+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको राउण्ड अफ सिक्सटिनका खेलहरु शुरु भएका छन् । मंगलबार राति भएको राउण्ड अफ सिक्सटिनको पहिलो लेगको खेलमा रियाल मड्रिडले एट्लेटिको मड्रिडलाई २–१ ले हरायो । आफ्नै मैदानमा हात पारेको यो जितले रियाल मड्रिडलाई दोस्रो लेगको खेलपूर्व महत्वपूर्ण अग्रता मिलेको छ ।

च्याम्पियन्स लिगकै अर्को खेलमा आर्सनलले नेदरल्याण्ड्सको पि.एस.भी आइन्डोभनलाई ७–१ ले हराउँदा अर्को इंग्लीश टोली एस्टन भिल्लाले बेल्जियमको क्लब ब्रुजलाई उसैको मैदानमा ३–१ ले पाखा लगायो । गएराति जर्मनीको बोरुसिया डर्टमण्ड र फ्रान्सको लिल्ले १–१ गोलको बराबरी खेले । च्याम्पियन्स लिगमा आज राती पनि राउण्ड अफ सिक्सटिनको पहिलो लेगका ४ खेल हुनेछन् ।

आज बुधबार पि.एस.जी.ले लिभरपुलसँग खेल्दा बेन्फिका र बार्सिलोना, बायर्न म्युनिख र बायर लिभरकुजेन तथा फेयनुर्ड र इन्टर मिलान भिड्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार