नेपालमा फिफा फुटबल फर स्कूल्स कार्यक्रम सुरु

Nagarik Sewa 4431+ समाचार ( )
१६ श्रावण २०८२, बिहीबार

काठमाडौं। विद्यालयस्तरमा फुटबलमार्फत बालबालिकाको समग्र विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमा ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रम औपचारिक रूपमा सुरु भएको छ।बिहीबार दशरथ रंगशालामा आयोजित समारोहका बीच औपचारिक रूपमा ‘फुटबल फर स्कूल्स’ कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङसहित पदाधिकारीको उपस्थितिमा प्रधानमन्त्री ओलीले बेलुन उडाएर कार्यक्रमको शुभारम्भ गर्नुभयो। समारोहमा खेलकुदमन्त्री तेजुलाल चौधरी, अर्थमन्त्री विष्णु पौडेलको पनि सहभागिता थियो ।

विश्व फुटबल महासंघ (फिफा) र युनेस्कोको साझेदारीमा सञ्चालित यस कार्यक्रमले बालबालिकाको शिक्षा, विकास र सशक्तिकरणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

यस कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वय तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको समेत सहकार्य रहेको छ । विद्यालय तहका विद्यार्थीहरूलाई शारीरिक, मानसिक, सामाजिक र नैतिक रुपमा सक्षम बनाउने उद्देश्यसहित कार्यक्रम अघि बढाइएको एन्फाले जनाएको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार