मुख्य समाचार
डडेल्धुरामा सिडिओ वलीको सक्रियता: २५ सरकारी कार्यालयमा छड्के, ५८ कर्मचारी अनुपस्थित | कलैयाबाट हराएकी दुई वर्षीया बालिका सकुशल फेला | नेपालका पुरातात्त्विक र सांस्कृतिक सामग्री आयातमा अमेरिकाद्वारा प्रतिबन्ध | जापानमा २५ वर्षीय नेपाली युवती मृत फेला: हत्याको आशंका | काठमाडौको सलम्बुटारदेखि पोखरासम्म अत्याधुनिक बस सेवा सञ्चालनमा | नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त | १८औँ नाडा अटो शो २०२६’ भदौ ९ गतेदेखि | विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्: खगेन्द्र सुनार | सेयर कारोबारमा वृद्धि | निजी क्षेत्र पनि अख्तियारले हेर्ने हो भने राज्यका बाँकी निकायले के गर्ने ? |

जापानमा २५ वर्षीय नेपाली युवती मृत फेला: हत्याको आशंका

Nagarik Sewa 4750+ समाचार ( )
७ भाद्र २०८३, आइतबार

काठमाडौं । जापानको फुकुओकास्थित नाकागावा नदीमा २५ वर्षीया नेपाली युवती लक्ष्मी राजवंशी मृत फेला परेकी छन् । अगस्ट १९ मा नदीमा तैरिरहेको अवस्थामा उनको शव भेटिएपछि जापानी प्रहरीले हत्याको आशंकामा अनुसन्धान अघि बढाएको छ ।

सन् २०२३ को मे महिनामा विद्यार्थी भिसामा जापान पुगेकी लक्ष्मी त्यहाँको एक भाषा विद्यालयमा अध्ययनरत थिइन् । उनी स्थानीय एक रेस्टुरेन्टमा आंशिक समय काम गर्दै आएकी थिइन् । अगस्ट १८ को राति करिब १०:३० बजे उनी काम गर्ने रेस्टुरेन्टबाट साइकलमा डेरातर्फ जाँदै गर्दा सहकर्मीले उनलाई अन्तिम पटक देखेको बताइएको छ । अगस्ट १९ को बिहान ५:४५ बजे नदीमा उनको शव फेला परेको थियो । उनको साथमा व्यक्तिगत सामान भने फेला नपरेको प्रहरीले जनाएको छ ।

शव परीक्षणबाट मृत्युको स्पष्ट कारण खुल्न नसके पनि उनको टाउको र निधारमा कुनै वस्तुले प्रहार गरेको गम्भीर चोट फेला परेको छ । साथै, उनको कोठामा रगतका दाग र हात हालाहाल भएको संकेतसमेत भेटिएको बताइएको छ । प्रहरीले उनको डेराको ढोकामा जबरजस्ती प्रवेश गरेको वा कोठामा तोडफोड भएको कुनै स्पष्ट संकेत भने फेला नपरेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार