मधेस प्रदेशमा आज सार्वजनिक बिदा

Nagarik Sewa 4431+ समाचार ( )
१० मंगशिर २०८२, मङ्गलबार

काठमाडौं। मधेस प्रदेश सरकारले आज विवाह पञ्चमीका अवसरमा सार्वजनिक बिदा दिएको छ। गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको हो ।

त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदै छ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदै छ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार