सप्तरीबाट १४ सय किलो गाँजा बरामद

Nagarik Sewa 4851+ समाचार ( )
४ अशोज २०८३, आइतबार

काठमाडौं । सप्तरीबाट १४ सय किलो गाँजासहित प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–६, कटैया गाउँका भोला सदा छन् । आइतबार (असोज ४) बिहान करिब पौने १ बजे प्रहरीले उनको घरमा खानतलासी गरेको थियो । त्यसक्रममा लागुऔषध गाँजासहित उनलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

सदाले घरमा ठूलो परिमाणमा गाँजा लुकाई राखेको भन्ने सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो । ५६ बोरामा ‘प्याक’ गरिएको अवस्थामा उनको घरबाट उक्त परिमाणको गाँजा बरामद गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

पक्राउ गरिएका सदालाई थप अनुसन्धान तथा कारबाहीका निम्ति जिल्ला प्रहरी कार्यालय सप्तरी लगिएको छ । सीमावर्ती गाउँ भएकाले उक्त गाँजा भारततर्फ निकासी गर्न लागिएको प्रहरीको आशंका छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै