प्रचण्डद्वारा पदाधिकारी बैठक आह्वान

Nagarik Sewa 4431+ समाचार ( )
२१ वैशाख २०८२, आइतबार

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाउनुभएको छ। आज दिउँसो १ बजे उहाँको निवास खुमलटारमा बस्ने उपमहासचिव मात्रिका यादवले जानकारी दिनुभयो। 

‘हुलाकी मार्ग केन्द्रित अभियानको समीक्षा, हिमाली र पहाडी मार्गमा हुने अभियानबारे छलफल गर्न बैठक बोलाइएको छ। यी बाहेक समसामयिक राजनीतिबारे पनि छलफल हुन्छ’, उहाँले भन्नुभयो। बैठकमा सम्पन्न भएको पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियानको समीक्षा, समसामयिक राजनीतिका साथै हिमाली र पहाडी मार्ग केन्द्रित अभियान सञ्चालनबारे छलफल हुने यादवले बताउनुभयो।

पुस २३ मा सम्पन्न केन्द्रीय समिति बैठकले फागुनदेखि असारसम्म हुलाकी मार्ग, पुष्पलाल लोकमार्गका साथै हिमाली जिल्लामा केन्द्रित रहेर ‘जनतासँग माओवादी’ जागरण अभियान चलाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार फागुन १२ गतेदेखि सुरु भएको तराई मधेस जागरण अभियान वैशाख १७ गते सम्पन्न भइसको छ । एक करोड जनतासँग प्रत्यक्ष तथा परोक्ष संवाद भएको दाबी गरेको माओवादीले अभियान पूर्णरुपमा सफल भएको जिकिर गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै