आन्दोलनरत उखु किसान र रसकारबीच वार्ता हुने

Nagarik Sewa 4849+ समाचार ( )
१३ भाद्र २०८२, शुक्रबार

काठमाडौं। सिंहदरवारमा शुक्रबार ४ बजे सरकार र आन्दोलनरत उखु किसानबीच वार्ता हुने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र पीडित उखु किसानबीच वार्ता हुन लागेको हो।

पीडित उखु किसानहरू काठमाडौं केन्द्रित आन्दोलन सकाएर सरकारसँग वार्तामा बस्न लागेको हो। किसान नेता महाशंकर थिङले सात दिने आन्दोलन आजदेखि सकिएको बताए। 'सरकार हाम्रो मागप्रति लचकता देखाएन शनिबार अर्को चरणको आन्दोलन सुरू गर्छौं,' उनले भने। अर्को आन्दोलन तराई केन्द्रित हुने बताइएको छ उखुमा प्रति क्विन्टल ७० रुपैयाँ अनुदानको मागसहित उनीहरू आन्दोलित छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै