काठमाडौं। आज प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ। बिहीबार सरकारको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले जवाफ दिने कार्यसूची राखिएको थियो । अघिल्लो दिन कार्यसूचीमा नाम राखेर प्रधानमन्त्री नआएकोमा विपक्षीले आपत्ति जनाएका थिए । त्यसैले बिहीबार प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले जवाफ दिने विषय कार्यसूचीमै उल्लेख भएको छ ।
यसअघि बुधबारको बैठकमा पनि नीति तथा कार्यक्रममाथि छलफल हुने भनिए पनि प्रधानमन्त्री वालेन्द्र शाहले टेबल गर्ने र छलफल सुरु हुने कार्यतालिका थियो। तर, अचानक प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले टेबल गर्ने भएपछि विपक्षी दलका सांसदले प्रधानमन्त्रीको खोजीमा तीनपटकसम्म संसद बैठक अबरुद्ध गरेका थिए ।
सो कार्यसूची अनुसार संसद बैठक अघि बढेको छ ।