मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

साम्बाले गरिन् नेपाली टिमको पहिलोपटक नेतृत्व

Nagarik Sewa 4669+ समाचार ( )
१६ असार २०८२, सोमबार

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले उज्वेकिस्तानको तासकान्दमा ऐतिहासिक जित हासिल गरेको छ। नेपाली टिमले आफ्नो १००औँ अन्तरराष्ट्रिय फुटबल प्रतिस्पर्धामा लाओसलाई शून्यका विरुद्ध नौ गोलको फराकिलो अन्तरले पराजित गरेर प्रतियोगितामा गर्विलो उपस्थिति जनाएको हो।

नेपालले हिजोको खेलमा एकपक्षीय दबाब दिँदै खेलको नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो। अन्तरराष्ट्रिय फुटबल महासङ्घ फिफाको विश्व वरियतामा नेपाल एक सयौँ तथा लाओस १०७औँ स्थानमा रहेका छन्।   ‘एएफसी ओमन्स एसियाकप  क्वालिफायर्स ग्रुप एफ’को पहिलो खेलमै नेपालले हासिल गरेको नतिजाबाट नेपाली महिला टिमले आफ्नो शक्ति प्रदर्शन गरेको छ।  

हिजोको खेलमा नेपाली टिमका लागि अनिता बस्नेतले खेलको १२औँ मिनेटमा सुरु गरेको गोल प्रहारको क्रम खेल समाप्तिको समयमा पनि निरन्तर जारी रहेको थियो।

पहिलोपटक कप्तानका रुपमा जिम्मेवारी पाएकी सावित्रा भण्डारी ‘साम्बा’ले त हिजोको खेलमा गोलको वर्षा नै गरिन्। खेल सुरु भएदेखि नै आक्रामक रुपमा प्रस्तुत साम्बाले  पूर्वाद्र्ध अवधिको निर्धारित खेल समाप्त हुनुभन्दा एक मिनेटअघि गोल थपेकी थिइन्। मध्यान्तरपछि खेल सुरु भएको दोस्रो मिनेटमा नै सरु लिम्बूले गोल गरेपछि नेपालले लगातार छ गोल गरेको थियो।

यस क्रममा साम्बाले कुल चार गोल गरेकी छिन्भने उनले प्रहार गरेको एक बल लाओसकी खेलाडीको खुट्टामा लागेर आत्मघाती गोलमा परिणत भएको थियो। नेपालका लागि रश्मीकुमारी घिसिङ र अनिता केसीले पनि गोल थपेर नेपाली टिमलाई उत्कृष्ट नतिजा दिलाएका थिए।

नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डेका लागि नेपालको फुटबल क्षेत्र कुनै नौलो होइन। उनले केही समयअघि काठमाडौँमा सम्पन्न नेपाल सुपर लिग फूटबलमा काठमाडौँ रेजर्स टिमको प्रशिक्षक भई काम गरेका थिए।

गत जेठ २२ गते मात्र नेपाली महिला टिमको मुख्य प्रशिक्षकको नियुक्तिपत्र बुझेका उनले चीन, अल्जेरिया, सोमालिया र रुवान्डामा प्रशिक्षकका रुपमा कार्य गरिसकेका छन्। बेल्जियमका प्याट्रिकले नेपाललाई पहिलो खेलमा नै धेरै गोलको अन्तरले जित दिलाएका छन्। उनले नेपाली टिमको कप्तानको परिवर्तन गरेर चुनौती लिएका थिए जुन उपलब्धिमूलक बन्न पुगेको छ।

नेपालदेखि युरोपसम्म परिचय बनाउन सफल खेलाडी साम्बाले विगतदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै आए तापनि नेपाली राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी पहिलोपटक पाएकी हुन्।

नेपालमा नयाँ मुख्य प्रशिक्षकका रुपमा जिम्मेवारी पाएका प्याट्रिक डे वाइल्डले नेपाल टिममा विगतदेखि नै कप्तानको भूमिका सम्हाल्दै आएकी अन्जिला तुम्बापो सुब्बालाई हिजोको खेलमा जगेडामा राखेपछि साम्बालाई टिमको नेतृत्व गर्ने अवसर प्राप्त भएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै