मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

Nagarik Sewa 5112+ समाचार ( )
४ अशोज २०८३, आइतबार

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागु गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस)मार्फत सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइसम्बन्धी समस्यालाई सम्बोधन गर्न नयाँ प्रणालीमार्फत छपाइको काम सुरु गरेको हो ।

यो प्रणालीले नयाँ लाइसेन्स लिने तथा पुरानो नवीकरण गर्ने प्रक्रियालाई थप छिटो, सहज र सेवामुखी बनाउनेछ । ईडीएलभीआरएसमा ‘अपलोड’ भएको सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने र त्यसले लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

“यसबाट लाइसेन्स छपाइ तथा वितरणमा देखिँदै आएको पुरानो समस्या समाधान हुनेछ,” मन्त्रालयले भनेको छ । पहिलो चरणमा मधेस प्रदेशका तीन हजार ८१ सवारीचालक अनुमतिपत्र छपाइ गरी वितरणका निम्ति हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ ।

सवारीचालक अनुमतिपत्र सम्बन्धित प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफैँ छपाइ गर्न सक्ने व्यवस्था गरिएको छ । सोहीअनुसार मधेस सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गरिरहेको मन्त्रालयले जनाएको छ । लुम्बिनी प्रदेश सरकारले पनि शुक्रबार (असोज २) सुरक्षण मुद्रणसँग सम्झौता गरी सवारीचालक अनुमतिपत्र छपाइको काम सुरु गरेको छ ।

प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता नगरेको अवस्थामा भने सेवाग्राहीको चाप र समस्यालाई ध्यानमा राखी केन्द्रमा लाइसेन्स छपाइको व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार