मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

भारतीय सस्तो गोलभेँडाको अत्यधिक आयातले सर्लाहीका किसानलाई ठुलो आर्थिक संकट

Nagarik Sewa 5112+ समाचार ( )
६ माघ २०८१, आइतबार

सर्लाही । भारतीय सस्तो गोलभेँडाको अत्यधिक आयातले सर्लाहीका किसानलाई ठुलो आर्थिक संकटमा पारेको छ । स्थानीय किसानले उत्पादन गरेको गोलभेँडाले बजारमा उचित मूल्य पाउन सकेका छैनन् । सर्लाहीमा गोलभेँडा प्रतिकेजी २० देखि २२ रूपैयाँमा बिक्री भइरहेको छ, तर भारतीय गोलभेँडाको सस्तो मूल्यले प्रतिस्पर्धा गर्न कठिन भएको किसान र व्यापारीहरूले बताएका छन् । किसानले महँगो मल, बिउ, र औषधि प्रयोग गरेर उत्पादन गरे पनि, भारतीय सहुलियत गोलभेँडाले उनीहरूको उत्पादनलाई बजारबाट विस्थापित गरिरहेको छ ।

व्यापारीहरूले सर्लाहीबाट दैनिक २ हजार क्रेट गोलभेँडा काठमाडौँ पठाउँदै आए पनि भारतीय गोलभेँडाको अत्यधिक आपूर्तिका कारण बिक्रीमा समस्या भइरहेको छ । चिस्यान केन्द्रको अभावले खेतमा पाकेका गोलभेँडा बिनासमय नष्ट हुने जोखिम बढेको छ । प्रति क्रेट २ हजार रूपैयाँमा बिक्री भएको गोलभेँडा अहिले ५सय रूपैयाँमा झरेपछि किसानहरूको लागतसमेत उठाउन कठिन भएको छ ।

व्यावसायिक गोलभेँडा खेती हुने सर्लाहीको उत्तरी भेगमा पर्ने लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालिकाका किसानले फलाएको गोलभेँडा लालबन्दी, नवलपुर र तीनघरे बजारमा ल्याएर बिक्री गर्ने गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार