संविधानबाटै निकास खोज्न ५ राजनीतिक दलका भ्रातृ संस्थाको अपिल

Nagarik Sewa 4387+ समाचार ( )
२६ भाद्र २०८२, बिहीबार

काठमाडौं । ५ वटा राजनीतिक दलका भ्रातृ संस्थाका अध्यक्षहरूले संयुक्त विज्ञप्ति निकालेर वर्तमान संविधानको रक्षा गर्दै अघि बढ्नुपर्ने बताएका छन्।

नेपाल तरूण दल, राष्ट्रिय युवा संघ नेपाल, वाइसिएल नेपाल, युवा संघ नेपाल र अखिल नेपाल युवक संघले संयुक्त विज्ञप्ति जारी गर्दै जेनजी युवाहरूसमेत वर्तमान संविधानको रक्षा गर्दै अघि बढ्ने कुरामा जोड दिइरहेको सन्दर्भमा आगामी राजनीतिक निकास लोकतान्त्रिक मूल्यमान्यताको अधिनमा रहेर मात्र गरिनुपर्ने उनीहरूले उल्लेख गरेका छन्।

जेनजीको प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए। भदौ २३ र २४ गते जेनजीको प्रदर्शन भएको थियो। उक्त प्रदर्शनमा परेर प्रदर्शनकारी र प्रहरीसहित गरी अहिलेसम्म ३० जनाको मृत्यु भएको छ।  अन्तरिम सरकार बनाउने विषयमा केही दिनदेखि छलफल भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार