नेकपा एसको सचिवालय बैठकमा झलनाथ खनाल र घनश्याम भुसाल बोल्न बाँकी

Nagarik Sewa 4392+ समाचार ( )
१५ आश्विन २०८२, आइतबार

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबाहेक अन्य नेताहरूले बोल्ने क्रम सकिएको छ । 

शुक्रबारबाट सुरु भएको सचिवालय बैठकमा शनिबारसम्म नेता खनाल र महासचिव भुसालबाहेक अरू नेताहरूले आफ्नो धारणा राखिसकेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिनुभयो। ‘आज सम्मानित नेता खनाल र महासचिव भुसालले धारणा राखेपछि अध्यक्षले बैठक समापन गर्नुहुन्छ’, उपाध्यक्ष ज्वालाले भन्नुभयो, ‘आइतबार दिउँसो १ बजे बैठक बस्दै छ ।’ 

बैठकमा अध्यक्ष माधवकुमार नेपालमाथि लगाइएको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोध र षड्यन्त्र भएको सो पार्टीले निष्कर्ष निकालेको छ । साथै भ्रष्टाचार मुद्दा दायर भएपछि अध्यक्ष नेपालको सांसद पद निलम्बन भएको अवस्थामा दलको बैठक बसेर दलको नेता परिवर्तन गर्ने तर अध्यक्षको जिम्मेवारी अरू कसैलाई दिइरहनु नपर्ने निष्कर्ष पनि बैठकले निकालेको छ । 

‘दलको नेताको हकमा बैठक बसेर निर्णय गर्ला तर अध्यक्षको हकमा छोड्नुपर्ने वा विकल्प खोज्नुपर्ने अवस्था होइन’, ज्वालाको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार