भारतीय विदेश सचिव मिश्री प्रधानमन्त्री ओलीलाई भ्रमणको निमन्त्रणा दिन नेपाल आउँदै

Nagarik Sewa 4689+ समाचार ( )
२३ श्रावण २०८२, बिहीबार

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन भारतीय विदेश सचिव बिक्रम मिश्री आगामी भदौ १ गते (१७ अगस्त) नेपाल आउने हुनुभएको छ। ओलीलाई ३१ भदौदेखि १ असोजसम्म भारत भ्रमण गर्न भारतीय पक्षले प्रस्ताव गरेको छ। तर, भ्रमणको आधिकारिक मिति भने तय भइसकेको छैन।  

विदेश सचिव मिश्रीले ओलीलाई भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्न लागेका हुन्। त्यसक्रममा उहाँहरुबीच प्रधानमन्त्री ओलीको भारत भ्रमणका एजेन्डाबारे पनि छलफल हुने स्रोतले जनाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार