मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |

१४ वर्ष उमेर पूरा भएका विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन पाउने

Nagarik Sewa 4720+ समाचार ( )
२२ मंगशिर २०८२, आइतबार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था गर्नका लागि देशभरका विद्यालयमा सर्कुलर गरेको छ । बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जन्ममितिमा संशोधन गर्न सकिने प्रावधान रहेकाले उमेर नपुगेको भए त्यसलाई संशोधन गरेर परीक्षा आवेदन फाराम भर्न सकिने सर्कुलरमा जनाएका छन् । बोर्डले २०८२ को एसईईमा सहभागी हुने विद्यार्थीको परीक्षा आवेदन फाराम र २०८३ को परीक्षाको सहभागी हुन कक्षा ९ मा रजिस्ट्रेसन फाराम दर्ताको काम गरिरहेको छ ।

कतिपय विद्यार्थी १४ वर्ष पूरा नभएकाले परीक्षाबाट वञ्चित हुने गुनासो आएको छ । शिक्षा नियमावलीमा ५ वर्ष उमेर पूरा भएकालाई कक्षा १ मा भर्ना र जुन सालको एसईईमा सहभागी हुने हो सोही सालको चैत मसान्तमा १४ वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था छ । कतिपय विद्यार्थी चैत मसान्तमा १४ वर्ष नपुग्ने भन्दै शिक्षा मन्त्रालय, गृह मन्त्रालय र स्थानीय तहमा अभिभावकले गुनासो गरेका छन् । बोर्डले राष्ट्रिय परिचयपत्र तथा पञ्चीकरण विभागको अनुरोधमा सरकारले २०८२ साउन १४ गते नाम, थर, उमेर वा अन्य विवरण सच्याउन सक्ने व्यवस्था गरेकाले विद्यार्थीको पनि उमेर सच्याउन सकिने दाबी गरेको छ ।

‘कक्षा १ मा विद्यार्थी भर्ना हुँदाको प्रमाणित अभिलेख स्थानीय पञ्जिकाधिकारीको कार्यालयलाई उपलब्ध गराई जन्मदर्तामा उल्लिखित विवरण संशोधनसम्बन्धी कार्यमा सहजीकरणको व्यवस्था मिलाइदिनु अनुरोध छ,’ बोर्डले भनेको छ, ‘त्यसरी नाम, थर, जन्ममिति सच्याइएका विद्यार्थीको जन्मदर्तामा उल्लेख भएको विवरण इएमइएस प्रणालीमा कक्षा १ देखि कक्षा ७ सम्मको हकमा विद्यालयबाटै र कक्षा ८ का हकमा सम्बन्धित स्थानीय तहबाट सच्याउन सकिने व्यहोरा शिक्षा तथा मानवस्रोत विकास केन्द्रसँगको बैठकबाट निर्णय भएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

बोर्डले गरेको सर्कलुर गृह मन्त्रालय पञ्चिकरण विभाग, शिक्षा तथा मानवस्रोत विकास केन्द्र, जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई, ७५३ वटै स्थानीय तहमा बोधार्थ पठाइएको छ । अभिभावकहरूले भने जन्मदर्ताअनुसार नै कक्षा १ बालबालिका भर्ना गरेको जनाउँदै संशोधन गर्न स्थानीय तह तयार नभएको गुनासो गर्दै आएका छन । बार्डले संशोधनका लागि सहजीकरण गर्न गत मंसिर २ गते पनि स्थानीय तहलाई अनुरोध गरेको थियो । शिक्षा मन्त्रालयले २०७८ मा विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा मात्र उमेरहद लाग्ने भन्दै १४ वर्षे प्रावधान हटाउने निर्णय गरेको थियो ।

नियमावलीको व्यवस्था र मन्त्रालयको निर्णयले अभिभावक, शिक्षक र विद्यालय साथै स्थानीय तहमा द्विविधा देखिएको थियो । त्यसअघि पनि एसईईमा सहभागी हुन १४ वर्षे उमेरहद थियो । बोर्डले २०८० देखि १४ वर्षे उमेरहद लागू गर्ने निर्णय गरेपछि समस्या देखिँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार