तनहुँको सरस्वती आधारभुत विद्यालयमा शिक्षकले नै काटिदिन्छन् विद्यार्थीको कपाल

Nagarik Sewa 2092+ समाचार ( )
२९ वैशाख २०८२, सोमबार

काठमाडौं । तनहुँ जिल्ला घिरिङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयमा शिक्षकहरूले विद्यालयमै विद्यार्थीको कपाल काट्न थालेका छन्। गाउँमा कपाल काट्ने व्यक्ति नहुँदा विद्यार्थीहरूलाई शहर जानुपर्ने बाध्यता भएपछि सहायक प्रधानाध्यापक सुन्दर अधिकारीले यस्तो पहल गरेका हुन्।

विद्यालयमा तालिम नलिएका शिक्षकहरूले पनि आफैंले जानेको सीप प्रयोग गरी विद्यार्थीहरूको कपाल निःशुल्क काट्ने व्यवस्था मिलाइएको छ। प्रधानाध्यापक शेरजन मास्कीका अनुसार अब सबै विद्यार्थीको कपाल एउटै शैलीमा काटिनेछ।

लामो कपालले सरसफाइमा समस्या ल्याउने र विद्यार्थीलाई असहज हुने भएकाले विद्यालय प्रशासनले यो कार्य सुरु गरेको हो। आगामी दिनमा पनि यसलाई नियमित रूपमा सञ्चालन गर्ने योजना विद्यालयको रहेको मास्कीले जानकारी दिए।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार