नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक रानाभाटद्वारा राजीनामा

Nagarik Sewa 4680+ समाचार ( )
१३ कार्तिक २०८२, बुधवार

काठमाडौं। नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा बुझाएका छन् । सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटले आजै प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएका हुन्। 

आफूले पारिवारिक कामको कारणले राजीनामा दिएको उनले उल्लेख गरेका छन् । ‘पारिवारिक कामले राजीनामा दिएको हुँ। अरु त्यस्तो कुनै कारण छैन,’ रानाभाटले भने। रानाभाट एसपीबाट एसएसपी बढुवा हुने बेलामा एक नम्बरमा नाम हुँदा पनि छुटेका थिए।

उनले आजै राजीनामा बुझाएको तर स्वीकृत हुन बाँकी रहेको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ। उनले बुझाएको राजीनामा आईजीपीले निर्णय गरेर गृह मन्त्रालय पठाउनुपर्ने कानुनी व्यवस्था छ। 




प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार