मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामा

Nagarik Sewa 5112+ समाचार ( )
८ असार २०८३, सोमबार

काठमाडौं। बेलायती प्रधानमन्त्री कीर स्टार्मरले आफ्नो पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेका छन्। बुधबार १० डाउनिङ स्ट्रिटबाहिर राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन्।

सम्बोधनका क्रममा स्टार्मरले आफूले पदमा रहँदा गरेका हरेक निर्णयहरू आफूले माया गर्ने देशलाई पहिलो प्राथमिकतामा राखेर गरिएको स्पष्ट पारेका छन्। प्रधानमन्त्री स्टार्मरले आगामी आम निर्वाचनमा पार्टीको नेतृत्व गर्न आफू उपयुक्त पात्र हो कि होइन भन्ने प्रश्न पार्टीभित्र उठेको र सोही प्रश्नको उत्तरलाई आफूले सद्भावका साथ स्वीकार गर्दै पद त्याग्ने निर्णय गरेको बताए। सन् २०२४ को जुलाईमा सत्ता सम्हाल्दा आफूले राजनीतिक र आर्थिक रूपमा निकै कमजोर अवस्थाको पार्टी पाएको स्मरण गर्दै उनले आफ्नो नेतृत्वमा पार्टीलाई सुदृढ बनाएको दाबी गरे। 

राजीनामाको औपचारिक घोषणा गर्नुअघि स्टार्मरले बकिङ्घम प्यालेसमा किङ चार्ल्ससँग आफ्नो निर्णयबारे कुराकानी गरेका थिए। लेबर पार्टीको नयाँ नेतृत्व चयनका लागि आगामी जुलाई ९ देखि मनोनयन खुल्ने र संसदीय ग्रीष्मकालीन बिदा अगावै यो प्रक्रिया सम्पन्न हुने कार्यतालिका तय गरिएको छ। सेप्टेम्बरमा संसद् पुनः सुरु हुनुअघि नै नयाँ नेता चुनिसक्ने लक्ष्य राखिएको छ। त्यतिन्जेलसम्म स्टार्मर नै प्रधानमन्त्रीका रूपमा बहाल रहनेछन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार