स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित

Nagarik Sewa 4387+ समाचार ( )
२१ जेठ २०८२, मङ्गलबार

काठमाडौं। आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तर्गतको सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ। स्कटल्याण्डमाले २९७ रनको लक्ष्य दिएकोमा नेपालले ४९ ओभर ५ बलमा ९ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।  

नेपालको लागि करण केसीले ४१ बलमा ६५ रनको योगदान गरे । २५२ रनमा ८ विकेट गुमाएको नेपालका लागि करण र सन्दीप लामिछानेले ३८ रनको साझेदारी गरेका थिए । ओपनर कुशल भुर्तेलले ५३, गुल्शन झाले ४२, भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७ र आसिफ शेखले २० रनको योगदान दिए।

बलिङमा नेपालका रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ र सन्दीप लामिछानेले एक विकेट लिए । स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको सिरिज अन्तर्गत नेपालले दोस्रो खेल बुधबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै