मुख्य समाचार
बालेन सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ: अमरेशकुमार सिंह | बलात्कार आरोपी बालकको भिडियो सार्वजनिक गरेको आरोपमा हवल्दार पक्राउ | लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग | अन्तिम समयको गोलले हारबाट जोगियो लिभरपुल | सुनको मूल्यमा वृद्धि | आजदेखि नागढुंगा सुरुङमार्ग खुला | डडेल्धुरामा सिडिओ वलीको सक्रियता: २५ सरकारी कार्यालयमा छड्के, ५८ कर्मचारी अनुपस्थित | कलैयाबाट हराएकी दुई वर्षीया बालिका सकुशल फेला | नेपालका पुरातात्त्विक र सांस्कृतिक सामग्री आयातमा अमेरिकाद्वारा प्रतिबन्ध | जापानमा २५ वर्षीय नेपाली युवती मृत फेला: हत्याको आशंका |

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग

Nagarik Sewa 4756+ समाचार ( )
८ भाद्र २०८३, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले टीकापुर घटनाबारे लाल आयोगले तयार पारेको प्रतिवेदन थप विलम्ब नगरी सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । आयोग गठन भएको एक दशक बित्न लाग्दा समेत प्रतिवेदन सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य बाहिर आउन नसकेको र न्याय पाउनबाट पीडित वञ्चित भएको भन्दै थापाले त्यो तत्काल सार्वजनिक गर्न आग्रह गरेका हुन् ।

सोमबार (भदौ ८) सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले ०७३ सालमा गठित उच्चस्तरीय जाँचबुझ आयोग (लाल आयोग)ले बुझाएको प्रतिवेदन अझै सार्वजनिक नगरिनु दुःखद भएको बताएका छन् । “२०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोग (लाल आयोग)ले बुझाएको प्रतिवेदन आजसम्म सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य पूर्ण रूपमा बाहिर आउन सकेको छैन र पीडितहरू न्याय पाउनबाट वञ्चित छन्,” उनले लेखेका छन् ।

विगतका सरकारले पनि प्रतिवेदन सार्वजनिक नगरेको उल्लेख गर्दै उनले त्यसैलाई देखाएर अझै गोप्य राखिरहनु उचित नहुनेमा जोड दिएका छन् । “विगतका सरकारबाट पनि यो काम हुन सकेन । तर, विगतको कमजोरी आज पनि प्रतिवेदन सार्वजनिक नगर्ने कारण बन्न सक्दैन, बन्नु हुँदैन । यसपटक यो विषय प्रतिबद्धतामा मात्र सीमित नहोस्,” उनले भनेका छन् । न्याय पाउने पीडितको अधिकार भएको भन्दै उनले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ नगर्न सरकारलाई आग्रह गरेका छन् ।

राजनीतिक दलहरूले सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउँदै आए पनि सत्तामा पुगेपछि त्यसलाई कार्यान्वयन गर्न नसकेको थापाको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार