मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

५.०८ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4697+ समाचार ( )
८ माघ २०८१, मङ्गलबार

काठमाडौं। नेप्से परिसूचक आज ५.०८ अंकले बढेर २६१३.०८ को विन्दुमा बन्द भएको छ। २६०८ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढाव हुँदै २६१३ बिन्दुमा उक्लिएको हो। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले बढेको हो। 

बजारमा आज ६ अर्ब १९ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सीईडीबी होल्डिङको भएको छ। सीईडीबी होल्डिङको २३ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ।

मंगलबार १०६ कम्पनीको मूल्य बढ्यो। जसमा मन्दाकिनी जलविद्युतको सेयरमा सकारात्मक सर्किट लाग्यो। सप्तकोशी विकास बैंकको मूल्य ८ प्रतिशतले बढ्यो। आज रिभर फल्स पावर लिमिटेडका लगानीकर्ता सबैभन्दा धेरै गुमाउनेमा परे। यो कम्पनीको मूल्य ९ प्रतिशतले घटेको छ।

आज ३११ कम्पनीको १ करोड १६ दाख २६ हजार कित्ता सेयर खरिदबिक्री भयो। जीवन बिमा समूह, अन्य र निर्जिवन बिमा समूहका कम्पनीका सेयर राम्रो किनबेच भयो। यी समूहको सूचक क्रमशः १.१० प्रतिशत, २.७९ र १.७८ प्रतिशतले बढेको छ। नेप्से आजसहित लगातार तेस्रो दिन बढेको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार