राप्रपाको चियापानमा पुगे प्रधानमन्त्री सहितका शीर्षस्थ नेता

Nagarik Sewa 4424+ समाचार ( )
२७ पौष २०८१, शनिबार

काठमाडौं । पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवस काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्तीको अवसरमा काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले चियापान समारोह अयोजना गरेको थियो । जसमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समजवादी)का अध्यक्ष माधवकुमार नेपाल, अन्य राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।

चियापान समारोहमा पुग्नुभएका प्रधानमन्त्री ओलीसहितका नेताहरुलाई राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्वागत गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार