सिमेन्टको मूल्यवृद्धि नभएर मूल्य समायोजन होः अध्यक्ष मारू

Nagarik Sewa 4847+ समाचार ( )
९ माघ २०८१, बुधवार

काठमाडौं। सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्द मारूले बुधबार सार्वजनिक लेखा समितिमा भएको छलफलमा सिमेन्टको मूल्यवृद्धि नभएर मूल्य समायोजन गरेको बताएका छन् । 

उनलाई लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सिमेन्टको मूल्य वृद्धि गर्नुको कारणबारे सोधेका थिए । जवाफमा उनले अघिल्ला वर्षहरूमा ठुलो घाटा बेहोर्नु परेको कारण मूल्य समायोजन गरेको बताए । 'मूल्यवृद्धि नभनेर मूल्य समायोजन भन्दा हुन्छ,' उनले भने, 'विगतमा ठुलो घाटा बेहोर्नुपरेकाले घाटालाई समायोजन गर्न थोरै मूल्य समायोजन गरेका हौँ ।'

यस्तै पछिल्लो तीन महिना यता १२ घण्टा लोडसेडिङ भएकाले उत्पादनमा समस्या भएको, उत्पादन लागत बढेकाले मूल्य समायोजन गरेको उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार